YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 106:16-31

भजनसंग्रह 106:16-31 NCV

तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे। तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो। होरेबमा तिनीहरूले एउटा बाछा बनाए; र धातुको त्यस मूर्तिलाई आराधना गरे। यसरी तिनीहरूले परमेश्‍वरलाई दिने आफ्ना महिमा घाँस खाने साँढेको मूर्तिसँग साटे। तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो; जसले हामको देशमा अचम्मका कामहरू, र लाल समुद्रको किनारमा अद्‌भुत कार्यहरू गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभयो। तर उहाँका चुनिएका जन मोशा तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई उहाँको सामु खडा भए। तब तिनीहरूले त्यो आनन्दको देशलाई तुच्छ ठाने; उहाँका प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्। तिनीहरूले आफ्ना पालहरूमा गनगन गरे; र याहवेहमा आज्ञाकारी भएनन्। यसकारण तिनीहरूलाई उजाडस्थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो, तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपस्ट पार्छु, र तिनीहरूलाई देश-विदेशभरि तितरबितर पार्छु भन्‍नुभयो। तिनीहरूले पोर भन्‍ने ठाउँको बाल-देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढाइएका बलिका थोकहरू खाए। तिनीहरूले आफ्ना दुष्‍ट कामहरूद्वारा याहवेहलाई क्रोधित तुल्याए; अनि तिनीहरूका बीचमा महामारी फैलियो। तर पीनहासले साहसका साथ हस्तक्षेप गरे; र महामारी थामियो। यो तिनको निम्ति अनन्त पुस्ताहरूको लागि धार्मिकताझैँ गनियो।

भजनसंग्रह 106 पढ्नुहोस्