उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो, र रातमा उज्यालो दिनलाई आगो दिनुभयो। तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो; स्वर्गका रोटीले तिनीहरूलाई तृप्त पार्नुभयो। उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो; त्यो मरुभूमिमा नदीझैँ बग्यो। किनकि उहाँले आफ्नो सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो। उहाँले आफ्ना प्रजालाई आनन्दसाथ, र आफूले चुनेका जनहरूलाई हर्षोल्लासकासाथ गाउन लगाउँदै निकालेर ल्याउनुभयो; उहाँले अरू जातिहरूका भूमिहरू तिनीहरूलाई दिनुभयो; र अरूले गरेको परिश्रमको फलमा तिनीहरूले आफ्नो अधिकार गरे— तिनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका नियमहरू मानून् भनेर नै यी सबै भए।
भजनसंग्रह 105 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 105:39-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू