YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:13-22

भजनसंग्रह 103:13-22 NCV

जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्‍नेहरूलाई टिठ्याउनुभएको छ; किनकि उहाँले हाम्रो बनावट जान्‍नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्‍क फुल्दछ; अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्‍नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ— तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्। याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ; र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो, उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो, याहवेहको प्रशंसा गर! हे उहाँका सारा स्वर्गीय सेनाहरू हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो, याहवेहको प्रशंसा गर। हे याहवेहका सारा सृष्‍टि हो, उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर!

भजनसंग्रह 103 पढ्नुहोस्