तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ; किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो; अब तोकिएको त्यो समय आइपुगेको छ। किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्; त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्। जाति-जातिहरूले याहवेहको नामको भय मान्नेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्। किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ, र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ। उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ; उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्नुहुनेछैन।
भजनसंग्रह 102 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 102:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू