YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:1-11

हितोपदेश 8:1-11 NCV

के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्‍च पार्दैन? गल्‍लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ, सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ: “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु। तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्‍त गर्ने होऊ। सुन, किनकि मसँग भन्‍नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्‍न म मेरो ओठ खोल्छु। मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्‍टतालाई घृणा गर्छ। मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्‍ट छैन। विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्। मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन; किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।

हितोपदेश 8 पढ्नुहोस्