हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख, ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्। तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन। जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ। तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्टमाथि आइपर्ने विनाशको डर हुनेछैन। किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्नदेखि बचाउनुहुनेछ।
हितोपदेश 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:21-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू