सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन। दुष्टहरू धर्मीहरूको उद्धारको मोल, र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्। झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त बरु मरुभूमिमा बस्नु असल हुन्छ। बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ। धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्नति र सम्मान पाउँछ। बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्ला भत्काइदिन्छ। आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ। अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ। अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्। दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
हितोपदेश 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 21:17-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू