YouVersion लोगो
खोज आइकन

हितोपदेश 20:15-24

हितोपदेश 20:15-24 NCV

सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ। परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख। छलसित प्राप्‍त गरेको भोजन मानिसको लागि स्वादिष्‍ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ। सरसल्‍लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्‍लाह नलिई युद्ध गर्न नजाओ। कुरौटेले गुप्‍त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस। यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ। सुरुमै हतारमा प्राप्‍त गरेको पैतृक सम्पत्ति अन्त्यमा आशिषित हुँदैन। यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ। असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्‍न पार्दैन। मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्‍न सक्छ र?

हितोपदेश 20 पढ्नुहोस्