बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ। मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ। राजाको ओठले ईश्वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्याउनुहुँदैन। ठिक तराजु र तौल याहवेहकै हुन्, थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्। राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ। राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्। राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ। जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो। सुनभन्दा बुद्धि प्राप्त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो! धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्।
हितोपदेश 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 16:8-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू