हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ। हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्। तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ। याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ। हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्। प्रेम र सत्यताद्वारा पापको प्रायश्चित हुन्छ; याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ। जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।
हितोपदेश 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 16:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू