मत्ती 4:18, 19, 20, 21, 22, 23, 24, 25
मत्ती 4:18 NCV
येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन अनि तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू तालमा जाल हान्दै थिए, किनकि तिनीहरू मछुवा थिए।
मत्ती 4:19 NCV
उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
मत्ती 4:21 NCV
अनि त्यहाँबाट अघि बढ्दैगर्दा, उहाँले अरू दुई भाइहरू, जब्दीको छोरो याकोब र तिनको भाइ यूहन्नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो
मत्ती 4:23 NCV
येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै अनि मानिसहरूका रोग र बिरामीहरू निको पार्दै जानुभयो।
मत्ती 4:24 NCV
उहाँको बारेमा कुरा सारा सिरियाभरि फिँजियो, अनि मानिसहरूले विभिन्न किसिमका रोग लागेकाहरू, धेरै कष्ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू अनि पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए, अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
मत्ती 4:25 NCV
गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश अनि यर्दन पारिका मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो।