मत्ती 27:1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10
मत्ती 27:1 NCV
एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।
मत्ती 27:3 NCV
जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो
मत्ती 27:4 NCV
अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”
मत्ती 27:5 NCV
यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्यो।
मत्ती 27:6 NCV
मुख्य पुजारीहरूले ती सिक्काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”
मत्ती 27:7 NCV
तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्ने निर्णय गरे।
मत्ती 27:9 NCV
तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्काहरू लिए
मत्ती 27:10 NCV
अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्न प्रयोग गरे।”