मत्ती 23:29, 30, 31, 32, 33, 34, 35, 36, 37, 38, 39
मत्ती 23:29 NCV
“धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू अगमवक्ताहरूको निम्ति चिहान बनाउँछौ, अनि धर्मीहरूका स्मारकहरू सिँगार्छौ।
मत्ती 23:30 NCV
अनि तिमीहरू भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए, हामी तिनीहरूले अगमवक्ताहरूका रगत बगाएको काममा सहभागी हुनेथिएनौं।’
मत्ती 23:31 NCV
यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी सहजै आफ्नै विरुद्धमा साक्षी दिन्छौ।
मत्ती 23:33 NCV
“हे सर्पहरू हो! साँबे सर्पका बच्चाहरू! तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन्छौ?
मत्ती 23:34 NCV
यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू अनि शिक्षकहरू पठाउँछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ र एक शहरदेखि अर्को शहरमा खेद्नेछौ।
मत्ती 23:35 NCV
यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धार्मिक रगत अर्थात् धार्मिक हाबिलदेखि लिएर तिमीहरूले मन्दिर अनि वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियासम्मको रगत आइपर्नेछ।
मत्ती 23:37 NCV
“ए यरूशलेम, ए यरूशलेम, जसले अगमवक्ताहरूलाई मार्दछस्, अनि तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हिर्काउँछौ। मैले कतिपल्ट तेरा बालबच्चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैं बटुल्न खोजें, तर तिमीहरू राजी भएनौ।
मत्ती 23:39 NCV
म तँलाई भन्दछु, तैंले ‘प्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी नभनेसम्म, तैंले मलाई फेरि देख्नेछैनस्।”