मत्ती 2:13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23
मत्ती 2:13 NCV
तिनीहरू गइसकेपछि प्रभुको एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्ट देशमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीं बस, किनकि हेरोदले बालकलाई खोजेर मार्न खोज्दैछ।”
मत्ती 2:14 NCV
यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राती नै इजिप्ट देशतिर प्रस्थान गरे
मत्ती 2:15 NCV
जहाँ तिनीहरू हेरोदको मृत्यु नभईन्जेल रहे। अनि यसरी परमेश्वरले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्ट देशबाट बोलाएँ।”
मत्ती 2:16 NCV
जब ज्योतिषीहरूद्वारा आफू ठगिएको हेरोदले थाहा पाए, तब तिनी औधी रिसाए अनि ज्योतिषीहरूद्वारा ठीक पत्तो लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए।
मत्ती 2:18 NCV
“रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूको निम्ति रोएकी अनि तिनी शान्त हुन नमानेकी, किनकि तिनीहरू अब रहेनन्।”
मत्ती 2:19 NCV
हेरोदको मृत्युपछि, प्रभुको एउटा दूत इजिप्ट देशमा सपनामा योसेफकहाँ देखा परे
मत्ती 2:20 NCV
अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको मुलुकमा जाऊ, किनकि बालकको जीवन लिन चाहनेहरू मरिसकेका छन्।”
मत्ती 2:22 NCV
तर जब तिनले हेरोदको ठाउँमा तिनका पिताको ठाउँमा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको जिल्लामा गए।
मत्ती 2:23 NCV
अनि तिनी नासरत भन्ने शहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”