YouVersion लोगो
खोज आइकन

मत्ती 15:29-39

मत्ती 15:29-39 NCV

येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्‍नुभयो। त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्‍टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो। जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्‍टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्‍क परे; अनि तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे। येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।” उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?” येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले जवाफ दिए “सात वटा र स-साना केही माछाहरू।” उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो। तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए। तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए। भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।

मत्ती 15 पढ्नुहोस्