लूका 5:17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26
लूका 5:17 NCV
एक दिन येशूले शिक्षा दिँदैगर्नुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीं बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नको लागि प्रभुको शक्ति उहाँसँग थियो।
लूका 5:18 NCV
केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, अनि त्यस मानिसलाई येशूको अघिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे।
लूका 5:19 NCV
तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि, तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहींबाट ठीक येशूको सामुन्नेमा ओरालिदिए।
लूका 5:20 NCV
जब येशूले तिनीहरूका विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”
लूका 5:21 NCV
फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैमा विचार गर्न लागे, “ईश्वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
लूका 5:22 NCV
तिनीहरूले के सोच्दैछन् भन्ने थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ?
लूका 5:24 NCV
तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरू जान।” यही कुरा दर्शाउन येशूले त्यस पक्षघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
लूका 5:25 NCV
त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो र आफू जुन ओछ्यानमा थियो, त्यो बोकेर परमेश्वरको प्रशंसा गर्दै घर फर्कियो।
लूका 5:26 NCV
सबैजनाले अचम्म माने र परमेश्वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्चर्यका काम देखेका छौं।”