लूका 15:1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10
लूका 15:2 NCV
तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगनाउँदै भन्न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”
लूका 15:4 NCV
“मानौं तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् अनि तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र?
लूका 15:6 NCV
र घर जान्छ। त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ, मैले मेरो हराएको भेडा भेट्टाएको छु।’
लूका 15:7 NCV
म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एकजना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।
लूका 15:8 NCV
“अथवा मानौं एउटी स्त्रीसँग दशओटा चाँदीका सिक्का छन्, र एउटा सिक्का हराई भने के त्यसले त्यो सिक्का नपाउन्जेल बत्ती बालेर घर बढारी-बढारीकन होसियारीपूर्वक खोज्दिनन् र?
लूका 15:9 NCV
अनि त्यो स्त्रीले त्यो सिक्का भेट्टाएपछि आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसँग रमाओ, मैले हराएको सिक्का भेट्टाएकी छु।’
लूका 15:10 NCV
म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्चात्ताप गर्ने एकजना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द मनाइनेछ।”