YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:11-14

यूहन्‍ना 14:11-14 NCV

म पितामा छु र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्‍वास गर; नत्र भने कमसेकम मैले गरेका महान् आश्‍चर्य कर्महरूका कारणले त विश्‍वास गर। म तिमीहरूलाई साँच्‍चै भन्दछु, ममाथि विश्‍वास गर्ने जसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ, अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्य पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु। मेरो नाउँमा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु, ताकि पुत्रद्वारा पितालाई महिमा होस्। तिमीहरूले मसँग मेरो नाउँमा जे मागे पनि म त्यो पूरा गर्नेछु।

यूहन्‍ना 14 पढ्नुहोस्