YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:35-42

यूहन्‍ना 1:35-42 NCV

भोलिपल्ट फेरि यूहन्‍ना र उनका चेलाहरूमध्ये दुईजनासँग उभिरहेका थिए। जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!” जब उनले यो कुरा भनेको सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे। येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍नुहुन्छ?” “आओ, र तिमीहरूले देख्नेछौ।” भनी उहाँले जवाफ दिनुभयो। तिनीहरू गए, र उहाँ बस्‍नुभएको ठाउँ देखे, अनि त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करीब चार बजेको थियो। यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटे, र तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई भेट्टाएका छौं।” अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।”

यूहन्‍ना 1 पढ्नुहोस्