प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ। तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्ने सोर सुन्नेछन्। तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्नेछौ। तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्। खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्। त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्। याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ।
यशैया 30 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 30:20-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू