YouVersion लोगो
खोज आइकन

यशैया 29:13-16

यशैया 29:13-16 NCV

प्रभु भन्‍नुहुन्छ: “यी मानिसहरू मकहाँ आफ्ना मुख देखाउन आउँछन्; अनि मलाई तिनीहरूका ओठहरूले आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढा छन्। मप्रति तिनीहरूका आराधना मानवीय नियम मात्र हुन्। यसकारण म फेरि एक पल्ट यी मानिसहरूलाई अद्‌भुत कार्यमाथि अद्‌भुत कार्यले छक्‍क पार्नेछु; बुद्धिमानीहरूका बुद्धि नष्‍ट हुनेछ, र ज्ञानीहरूका ज्ञान लोप भएर जानेछ।” तिनीहरूलाई धिक्‍कार! जो आफ्ना योजनाहरू याहवेहदेखि लुकाउनलाई गहिराइको खोज गर्छन्, जसले आफ्ना काम अन्धकारमा गरेर सोच्छन्, “हामीलाई कसले देख्छ? कसले थाहा पाउँछ?” कुमालेलाई माटो सरह ठानेर तिमीहरू कुराहरू उल्टापुल्टा पार्छौ! के बनिएको चीजले आफूलाई बनाउनेलाई “उसले मलाई बनाएको होइन” भन्छ? के भाँडाले कुमालेलाई, “त्यसले केही जान्दैन” भन्‍न सक्छ?

यशैया 29 पढ्नुहोस्