YouVersion लोगो
खोज आइकन

यशैया 27:2-6

यशैया 27:2-6 NCV

त्यस दिन, “फलवन्त दाखबारीको विषयमा गीत गाओ: म, याहवेहले त्यसको हेरचाह गर्छु; म त्यसमा निरन्तर पानी हाल्छु। त्यसलाई कसैले हानि नगरोस् भनेर म त्यसलाई दिनरात पहरा दिन्छु। म रिसाएको छैनँ। यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त! म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ; म तिनीहरूलाई जलाउनेथिएँ। त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्; तिनीहरूले मसित मिलाप गरून्, हो, तिनीहरूले मसित मिलाप गरून्।” आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ, इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ; अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्।

यशैया 27 पढ्नुहोस्