YouVersion लोगो
खोज आइकन

यशैया 19:20-25

यशैया 19:20-25 NCV

त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ। यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्‍नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्। याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ। त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ। सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”

यशैया 19 पढ्नुहोस्