YouVersion लोगो
खोज आइकन

यशैया 15

15
मोआबको विरुद्ध भविष्यवाणी
1मोआबको बारेमा भविष्यवाणी:
मोआबको आर सहर नष्‍ट पारिएको छ,
त्यो एकै रातमा नाश भएको छ!
मोआबको कीर सहर नष्‍ट भएको छ;
त्यो एकै रातमा नाश भएको छ।
2दीबोन त्यसको मन्दिरमा हुन्छ,
त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ;
मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ।
प्रत्येक शिर खौरिएको छ;
अनि प्रत्येक दाह्री काटिएको छ।
3सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्;
घरका कौसीहरू र सार्वजनिक चोकहरूमा
तिनीहरू सबै लम्पसार परेर,
रुँदै विलाप गर्छन्।
4हेश्बोन र एलालेह चीत्कार गर्छन्;
तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ।
यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्;
र तिनीहरूका हृदय व्याकुल भएका छन्।
5मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ;
त्यसका भगुवाहरू सोअरसम्म नै,
एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्।
तिनीहरू लूहीत जाने उकालो,
रुँदै-रुँदै चढ्छन्;
होरोनैम जाने बाटोमा तिनीहरू
आफ्ना सर्वनाशको लागि विलाप गर्छन्।
6निम्रीमका पानी सुकिगएका छन्,
र घाँस ओइलाएको छ;
घाँसपात छँदैछैन,
र कुनै हरियो थोक छँदैछैन।
7यसरी तिनीहरूले प्राप्‍त गरेर थुपारेका धन
तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।
8तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ;
तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ;
तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ।
9दिमोनका पानी रक्ताम्मे छन्,
तर म दिमोनमाथि अझ बढी ल्याउनेछु—
मोआबका भगुवाहरूमाथि
र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।

अहिले सेलेक्ट गरिएको:

यशैया 15: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्