YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 12:19-21

2 कोरिन्थी 12:19-21 NCV

हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्‍टमा भएकाहरूझैँ, हामीले परमेश्‍वरकै दृष्‍टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो। किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्‍ने मलाई डर लागेको छ। सायद मतभिन्‍नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्‍ने मलाई डर लागेको छ। म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूको सामु होच्याउनु होला भन्‍ने मलाई डर लागेको छ। अनि म ती धेरै जनासित दुःखी हुनेछु, जसले पहिल्यै पाप गरेर पनि तिनीहरू संलग्न रहेका अशुद्धताबाट, यौन सम्बन्धी पापबाट र भ्रष्‍ट आचरणबाट पश्‍चात्ताप गरेका छैनन्।

2 कोरिन्थी 12 पढ्नुहोस्