YouVersion लोगो
खोज आइकन

2 इतिहास 20:2-17

2 इतिहास 20:2-17 NCV

मानिसहरू आएर यहोशापातलाई भने, “एउटा विशाल फौज तपाईंको विरुद्धमा एदोमबाट मृत सागरको अर्को किनारबाट हासेसोन-तामार (अर्थात् एन-गदी) मा आइसकेका छन्।” यहोशापातले डराएर याहवेहसित सल्‍लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्‍नलाई घोषणा गरे। यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्‍लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए। तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए, र भने: “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के स्वर्गमा हुनुहुने परमेश्‍वर तपाईं नै हुनुहुन्‍न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन। हे हाम्रा परमेश्‍वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र? तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्, ‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्‍टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’ “तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले। तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्। हे हाम्रा परमेश्‍वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्‍न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।” यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्‍चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए। तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए। तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो। भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ। तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ”

2 इतिहास 20 पढ्नुहोस्