YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:10-20

भजनसंग्रह 77:10-20 NERV

तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’” म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु, जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो। तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें। म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु। परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्, तपाईं बाहेक कोही पनि महान् छैन। तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ। तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो। तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो। परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो। गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे। बाक्लो बादलहरूले पानी बर्षाए। मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा बिजुली चम्केको देखें। त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्‌ले संसार नै उज्यालो पार्यो, अनि पृथ्वी थर-थर काँप्न थाल्यो। परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो, तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन। तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ, मोशा र हारूनलाई खटाउनु भयो।

भजनसंग्रह 77 पढ्नुहोस्