मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो। यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो। तब त्यस भीडको माझमा आगो लाग्यो, र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो। ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे! तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो, तिनीहरूले उहाँको बारेमा भुलिदिए। परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो! परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन। तर ती मानिसहरूले कनान भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्। हाम्रा पिता-पुर्खाहरूले परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे! तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरुभूमिमा मर्नेछन्। परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो। त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरू का नाउँमा चढाएका बलिहरू खाए। परमेश्वर आफ्ना मानिसहरूमाथि भयङ्कर रूपमा क्रोधित भए अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो। तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो। पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो। परमेश्वरले उसलाई सदा-सर्वदा सम्झनु हुने छ।
भजनसंग्रह 106 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 106:16-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू