YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 105:12-22

भजनसंग्रह 105:12-22 NERV

परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे। तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे। तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो। परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।” परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्। तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो। तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए। उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहुन्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो। यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिएँ। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिएँ। उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे। यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।

भजनसंग्रह 105 पढ्नुहोस्