YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 10:24-42

मत्तीको सुसमाचार 10:24-42 NERV

“कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ। एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ। “यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ। यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ। “मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै नर्कमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ। चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन। तिम्रा टाउकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ। यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ। “यसैकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु। तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु। “म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसम्झ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ। म यो उद्देश्यले आएको हुँ: ‘एउटा छोरो बाबुको विरुद्ध हुन्छ। एउटी छोरी उसकी आमाको विरुद्ध हुन्छे। एउटी बुहारी उसकी सासूको विरूद्ध हुन्छे। कुनै मानिसको आफ्नो परिवरको मानिस इच्छा पत्रमा नाउँ भएका उसको बिरुद्ध शत्रु बन्दछ।’ “जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन। यदि कुनै मानिसले मलाई अनुशरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने ऊ मलाई अनुशरण गर्ने योग्यको हुँदैन। जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ। “तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ। अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ। यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।”