एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं! तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!” शहरका पहरादारहरू चिच्याउन थाले। तिनीहरू सबै एकार्कामा आनन्दित छन्। किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन्। यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ। परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले, कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्। तिमीहरू बन्दी मुक्त हुनुपर्छ। पूजाहरीहरू, त्यो ठाउँ छोड। तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै पनि अपबित्र चीजहरू नछोऊ। तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँड्नेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका अघि-अघि जानुहुनेछ। अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ। “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”
यशैयाको पुस्तक 52 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैयाको पुस्तक 52:7-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू