YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 30:20-26

यशैयाको पुस्तक 30:20-26 NERV

अतीतमा, मेरो मालिकले तिमीहरूलाई दु:ख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ। तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।” तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिङ्गर जस्तै टाढा फाली दिनेछौ। त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति बर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ। तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ। प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भन्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्। त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।