YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 19:20-25

यशैयाको पुस्तक 19:20-25 NERV

सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ। त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्। परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ। त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्। त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशीर्वाद हुनेछ। सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”