YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 14:1-15

यशैयाको पुस्तक 14:1-15 NERV

भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफैं यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्। ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे। परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो। त्यस बेला तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो। परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ। परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ। बाबेलका राजा रिसाउँदा मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो। ती दुष्ट शासकहरूले, मानिसहरूलाई लगातर कष्ट दिइरहे। तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्। अहिले जनताहरूले उत्सव मनाउन थाले। तिमी एकजना पापी राजा हौ, र अहिले तिमी समाप्त भएकाछौ। सल्लाका रूखहरूसमेत आनन्दित छन्। लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्। ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले। तर अहिले राजा आफै ढलेका छन् फेरि कहिल्यै उठ्नु हुने छैन्।” पातल उत्तेजित छ, किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई, तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउँछ, पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ। सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।” तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुन्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औंसाहरूले तिम्रो शरीर खानेछ, तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्। तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ। तिमीले सधैँ आफैंले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु, म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत सापोनको टापुमा बस्नेछु, म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु। म बादलहरूको बेदी सम्म जानेछु, म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।” तर त्यस्तो भएन, तिमी परमेश्वरसँग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मुनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा।