पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो। पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैँ झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसँग चर्चा-परिचर्चा गरे। पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। पावलले भने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।” कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससँग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससँग सामेल भए। तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिंड्थे भाड़ामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैला-बैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे। तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खड़ा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे! जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।” शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए। तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए। त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए। यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे। तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे। तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे। यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे। विश्वासीहरू जो पावलसँग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।” पावलले तिमोथी र सिलासलाई एथेन्समा पर्खिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो। सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसँग बात गरे। पावलले बजारमा डुली हिँड्ने मानिसहरूसँग पनि बात गरे। त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शनिकहरूसँग निक्कै विचार-विमर्ष भयो। तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।” तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ? यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ। हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।” एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।
प्रेरितहरूका काम 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरितहरूका काम 17:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू