यही कारणले मैले तिमीहरूलाई पत्र लेखें जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिनीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छु। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न सम्झन्छौ। अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुःखीत थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुःखीत तुल्याउनु लेखेको थिइनँ। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ। तिमीहरूलाई मण्डलीमा कसैले दुःखीत पार्यो। उसले मलाई दुःखीत बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ। तिमीहरूका मण्डलीबाट धेरैले उसलाई जो दण्ड दिए उसको लागि मनग्गे छ। तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ। यसककारण म विन्ती गर्छु कि तिमीले उसलाई तिम्रो प्रेम देखाऊ। यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें। कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ। शैतानले हामीबाट केही नखोसोस भनेर मैले त्योसो गरेको हुँ। शैतानको के-के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं।
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 2:3-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू