तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको विरुद्धमा विद्रोह गरे, र उहाँको परीक्षा गरे। तिनीहरूले उहाँका आज्ञाहरू मानेनन्। तर तिनीहरू आफ्ना पुर्खाहरूजस्तै विद्रोही र विश्वासघाती भए, बाङ्गो काँडझैँ भर पर्न नसकिने भए। तिनीहरूले अरू देवी-देवताका पूजा गर्ने स्थानहरू बनाएकाले उहाँको रिस जगाए र आफ्ना मूर्तिहरूद्वारा उहाँको क्रोध औधी दन्काइदिए। त्यो देखेर परमेश्वर रिसाउनुभयो र उहाँले आफ्ना प्रजालाई पूर्णरूपले इन्कार गर्नुभयो। उहाँले आफ्नो तम्बु शिलोमा त्याग्नुभयो, जहाँ हाम्रा बीच बास गर्नुभएको थियो। उहाँले हाम्रा शत्रुहरूलाई करारको सन्दुक कब्जा गर्न दिनुभयो। त्यो सन्दुक उहाँको शक्ति र महिमाको चिन्ह थियो। उहाँ आफ्नै प्रजासँग रिसाउनुभयो, शत्रुहरूलाई तिनीहरूको संहार गर्न दिनुभयो। युवाहरू लडाइँमा मारिए र युवतीहरूले विवाह गर्ने कोही पाएनन्। हिँसाले पुरोहितहरू मारिए र तिनका विधवाहरूले शोक मनाउनसम्म पाएनन्। अन्तमा निद्रादेखि बिउँझेझैँ प्रभु जाग्नुभयो, मद्यले रन्केको मानिसझैँ उहाँ उठ्नुभयो। धेरै दिन लाजमा पर्ने गरी हार गराएर उहाँले तिनीहरूलाई धपाउनुभयो। उहाँले योसेफका सन्तानलाई अस्वीकार गर्नुभयो, उहाँले एफ्राइम कुललाई चुन्नुभएन। त्यसका सट्टामा उहाँले यहूदा कुल र सियोन पहाडलाई चुन्नुभयो, जुन सियोन पहाडलाई उहाँले खुबै प्रेम गर्नुहुन्छ। त्यस ठाउँमा उहाँले स्वर्गको आफ्नो भवनजस्तै आफ्नो मन्दिर बसाल्नुभयो; त्यसलाई पृथ्वीजस्तै दरिलो गरी सघैंभरिको लागि सुरक्षित बनाउनुभयो। उहाँले आफ्ना दास दाऊदलाई चुन्नुभयो, आफ्ना भेडा-बाख्राको बथान चराइरहेको चरनबाट लिनुभयो; उहाँले त्यसलाई इस्राएलका राजा बनाउनुभयो र परमेश्वरका प्रजाको गोठालो बनाउनुभयो। दाऊदले तिनीहरूलाई निस्वार्थसित हेरचाह गरे, र तिनीहरूलाई निपूणतासाथ डोर्याए।
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:56-72
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू