हे परमेश्वर! मलाई निर्दोष साबित गर्नुहोस् र अधर्मीहरूका सामु मेरा पक्षमा बोल्नुहोस्। झूटो बोल्ने र दुष्ट मानिसहरूदेखि मेरो उद्धार गर्नुहोस्। तपाईं मेरो रक्षक हुनुहुन्छ, तपाईंले मलाई किन त्याग्नुभयो? मेरा शत्रुहरूका निष्ठुरताले गर्दा किन मैले कष्ट भोगिरहनुपर्ने हो? तपाईंका ज्योति र सत्यता पठाउनुहोस्, ती कुराले मलाई बाटो देखाऊन् अनि तपाईंको पवित्र डाँडा सियोनमा, तपाईं बास गर्नुहुने मन्दिरमा मलाई पुर्याऊन्। हे परमेश्वर! तब म तपाईंको वेदीमा जानेछु, तपाईं मेरो आनन्दको स्रोत हुनुहुन्छ। म वीणा बजाएर तपाईंलाई स्तुति चढाउनेछु। हे परमेश्वर! मेरो परमेश्वर! किन म यति उदास छु? किन यति कष्ठित छु? म परमेश्वरमा आफ्नो आशा राख्नेछु, म फेरि पनि आफ्ना परमेश्वर र उद्धारकको प्रशंसा गर्नेछु।
भजनसंग्रह 43 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 43:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू