YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 107:10-21

भजनसंग्रह 107:10-21 सरल नेपाली

कति निराशा र अन्‍धकारमा जिइरहेका थिए, साङ्लाले बाँधिएर कैदीसरि तिनीहरूले कष्‍ट भोगिरहेका थिए किनभने तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका आज्ञाहरूको विरोध गरेका थिए र उहाँका अर्ती अस्‍वीकार गरेका थिए। कठोर परिश्रमले तिनीहरू थाकिसकेका थिए, तिनीहरू भूइँमा लोट्दथे, तिनीहरूलाई मद्दत गर्ने कोही थिएन। तब तिनीहरूले परमप्रभुलाई आफ्‍ना कष्‍टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्‍टबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई निराशा र अन्‍धकारबाट निकाली ल्‍याउनुभयो, र तिनीहरूका साङ्ला टुक्रा-टुक्रा पारिदिनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्‍ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्‍ति धन्‍यवाद दिनैपर्छ। उहाँले काँसाका ढोकाहरू तोड्‍नुहुन्‍छ र फलामका छेक-बारहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ। कति जना आफ्‍नो पाप र दुष्‍टताको कारणले कष्‍टमा परेका मूर्खहरू थिए। तिनीहरू खाना हेर्न पनि नसक्‍ने भएका थिए र मर्न आँटेका थिए। तब तिनीहरूले परमप्रभुलाई आफ्‍नो कष्‍टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्‍टबाट बचाउनुभयो, आफ्‍नो आज्ञाले उहाँले तिनीहरूलाई निको पार्नुभयो र मृत्‍युदेखि बचाउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्‍त प्रेमको निम्‍ति र उहाँले तिनीहरूका लागि गर्नुभएका उदेकका कामहरूका निम्‍ति धन्‍यवाद दिनैपर्छ।

भजनसंग्रह 107 पढ्नुहोस्