परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई, तिनीहरूले मरुभूमिमा ईर्ष्या गरे। तब पृथ्वी फाट्यो र दातानलाई निल्यो र अबीराम र त्यसका परिवार त्यहाँ गाडिए। तिनीहरूका पछि लाग्नेहरूमाथि आगोको वर्षा भयो र ती दुष्ट मानिसहरू भस्म भए। तिनीहरूले होरेबमा सुनको बाछो बनाए र त्यस मूर्तिको पूजा गरे। तिनीहरूले परमेश्वरलाई दिने महिमालाई एउटा घाँस खाने पशुको मूर्तिसँग साटे। मिश्रमा आफ्ना सामर्थी कामहरूद्वारा तिनीहरूलाई बचाउनुहुने परमेश्वरलाई तिनीहरूले बिर्से। त्यहाँ कस्ता उदेकका कामहरू उहाँले गर्नुभयो! लाल समुद्रमा कस्ता आश्चर्यका काम गर्नुभयो! जब परमेश्वरले ती आफ्ना प्रजालाई नाश गर्ने काम गर्नुभयो, तब उहाँको चुनिएका सेवक मोशा खडा भएर तिनीहरूलाई परमेश्वरको क्रोधबाट नष्ट हुनदेखि बचाए। तर तिनीहरूले परमेश्वरको प्रतिज्ञामा भरोसा नगरेका कारणले तिनीहरूले त्यो मनोहर देशलाई इन्कार गरिबसे। तिनीहरूले आफ्ना तम्बुमा गनगन गरिबसे र परमप्रभुको वचन सुनेनन्। यसकारण उहाँले तिनीहरूलाई एउटा कडा चेतावनी दिनुभयो, “म तिमीहरूलाई मरुभूमिमा नष्ट पार्नेछु।” तिनीहरूका सन्तान अविश्वासीहरूका माझमा छरपष्ट हुने र परदेशमा मर्नुपर्ने चेतावनी दिनुभयो। तब पोरमा परमेश्वरको प्रजाले बाल देवताको पूजामा भाग लिए र निर्जीव देवताहरूलाई बलि चढाएका कुराहरू खाए। यसरी आफ्ना कामले तिनीहरूले परमप्रभुको क्रोधलाई जगाए र तिनीहरूका बीचमा एउटा डरलाग्दो रोग फैलियो। पीनहासले उठेर अपराधीहरूलाई दण्ड दिए र त्यो रुढी बन्द भयो। त्यसपछि सधैँ यो कुरा उनका गुणको रूपमा याद गरिन्छ र सधैँ त्यसरी याद गरिनेछ।
भजनसंग्रह 106 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 106:16-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू