YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 105:39-45

भजनसंग्रह 105:39-45 सरल नेपाली

परमेश्‍वरले आफ्‍ना प्रजामाथि बादल र राती उज्‍यालो दिन आगो राख्‍नुभयो। तिनीहरूले मागे र उहाँले तिनीहरूलाई बट्टाइ चराहरू पठाइदिनुभयो, उहाँले तिनीहरूलाई स्‍वर्गबाट भोजन दिनुभएर तृप्‍त गराउनुभयो। उहाँले चट्टान फुटाउनुभयो र त्‍यहाँबाट पानी बगिनिस्‍क्‍यो र नदी बनेर मरुभूमिका बीच आएर बग्‍यो। उहाँले आफ्‍ना सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञा स्‍मरण गर्नुभयो। यसरी उहाँले आफूले चुन्‍नुभएको प्रजालाई निकालिल्‍याउनुभयो। तिनीहरूले आनन्‍दले गाए र स्‍वर मच्‍चाए। उहाँले तिनीहरूलाई अन्‍यजातिहरूका जमिन दिनुभयो र तिनीहरूका खेतबारीहरू कब्‍जा गर्न दिनुभयो। आफ्‍ना प्रजाले उहाँका व्‍यवस्‍थाहरू मानून् र सबै आज्ञाहरू पालन गरून् भनी परमेश्‍वरले त्‍यसो गर्नुभयो।

भजनसंग्रह 105 पढ्नुहोस्