परमेश्वरका प्रजा थोरै थिए, तिनीहरू कनान देशमा परदेशी थिए। तिनीहरू एक देशदेखि अर्को देश, एक राज्यदेखि अर्को राज्य गरेर डुलिहिँड्थे। तर परमप्रभुले कसैलाई तिनीहरूलाई सताउन दिनुभएन, तिनीहरूका रक्षाको लागि उहाँले राजाहरूलाई चेतावनी दिनुभयो: “मेरा चुनिएका सेवकहरूलाई हानि नगर, मेरा अगमवक्ताहरूलाई नछुनू।” परमप्रभुले तिनीहरूका देशमा अनिकाल पठाउनुभयो र तिनीहरूका सबै खानेकुरा खोसिलिनुभयो। उहाँले तिनीहरूको अघि-अघि एक जना मानिस पठाउनुभयो: योसेफ, जसलाई दास बनाएर बेचिएको थियो। उनका खुट्टाहरू साङ्लामा बाँधिएका थिए, उनले भनेका भविष्यवाणी पूरा नहोऊञ्जेलसम्म उनको घिच्रामा फलामको सिक्री बाँधिएको थियो। परमप्रभुको वचनले उनलाई साँचो प्रमाणित गर्यो। मिश्रका राजाले उनलाई छोडिदिए, जाति-जातिका शासकले उनलाई छुटकारा दिए। तिनले उनलाई आफ्नो राज्य चलाउने भार सुम्पे र सारा देशमाथि शासक खटाए। उनले राजाका भारदारहरूमाथि शक्ति चलाए र सल्लाहकारहरूलाई आदेश दिने अधिकार पाए।
भजनसंग्रह 105 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 105:12-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू