YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:13-22

भजनसंग्रह 103:13-22 सरल नेपाली

एउटा बुबा आफ्‍ना छोरा-छोरीहरूसँग जति दयालु हुन्‍छ, आफ्‍ना आदर गर्नेहरूसँग परमप्रभु त्‍यति नै दयालु हुनुहुन्‍छ। हामी केले बनिएका छौं, उहाँले जान्‍नुहुन्‍छ, हामी माटो मात्र हौं भनी उहाँलाई याद छ। हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्‍तै छ, जङ्गली फूलझैँ हामी फुल्‍दछौं र बढ्छौं; तब हावा त्‍योमाथि बहन्‍छ र त्‍यो उडि जाँदछ र त्‍यसलाई फेरि कसैले देख्‍दैनन्। तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्‍ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्‍नेहरूमाथि र उहाँका आज्ञा विश्‍वासयोग्‍यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्‍ता-पुस्‍तासम्‍म उहाँको भलाइ रहिरहनेछ। परमप्रभुले स्‍वर्गमा आफ्‍नो सिंहासन राख्‍नुभो, सबैमाथि उहाँले राज्‍य गर्नुहुन्‍छ। तिमी उहाँका आज्ञा मान्‍ने र उहाँका वचन सुन्‍ने, बलिया र सामर्थी स्‍वर्गदूतहरूले परमप्रभुको प्रशंसा गर। स्‍वर्गका सबै शक्तिहरू, जसले उहाँको सेवा र इच्‍छा पालन गर्दछन्, तिमीहरूले परमप्रभुको प्रशंसा गर! उहाँका राज्‍यका सबै ठाउँहरूमा भएका सबै प्राणीहरूले परमप्रभुको प्रशंसा गर। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!

भजनसंग्रह 103 पढ्नुहोस्