YouVersion लोगो
खोज आइकन

हितोपदेश 20:15-24

हितोपदेश 20:15-24 सरल नेपाली

आफूले गरेको कुरा बुझ्‍ने मानिससित सुन वा हीरा-मोतीभन्दा बहुमूल्‍य वस्‍तु छ। नचिनेको मानिसको वा विदेशीको ऋणमा जमानी बस्‍ने मूर्ख मानिसले आफ्‍नो सम्‍पत्ति बन्‍धकी राखिनुपर्छ। बेइमानीसित कमाएको धन पहिले त स्‍वादिलो भोजनजस्‍तो मीठो हुन्‍छ तर पछि त्‍यो मुखमा बालुवासरह हुन्‍छ। असल अर्ती लेओ र सफलता पाउनेछौ, सल्‍लाह नलिई युद्ध गर्न नजाओ। बेकम्‍मा कुरा गर्नेले गुप्‍त कुरा लुकाइराख्‍न सक्‍दैन। कुराउटे मानिसहरूबाट टाढा बस। आफ्‍ना आमा-बुबालाई सरापे अँध्‍यारोमा बत्ती निभेझैँ तिमी मर्नेछौ। जति सजिलो पैतृक धन पाउँछौ, उति कम तिमीलाई लाभ हुन्‍छ। खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्‍यो उहाँले ठीक गर्नुहुनेछ। छली ढक-तराजु प्रयोग गर्नेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ। परमप्रभुले मानिसको बाटो तोकिदिनुभएको छ र आफ्‍नो जीवन कुन दिशातिर जाँदै छ, त्‍यो कसले जान्‍न सक्‍छ?

हितोपदेश 20 पढ्नुहोस्