इमानदारीसित कमाएको थोरै धन बेइमानीसित कमाएको धेरै धनभन्दा उत्तम हो। मानिसले यसो गरुँला, उसो गरुँला, भन्छ तर परमप्रभुले नै उसलाई काममा डोर्याउनुहुन्छ। राजा दिव्य अख्तियारले बोल्छन्, उनको न्याय सधैँ ठीक हुन्छ। परमप्रभुले ठीक-ठीक ढक र तराजुहरू चलाएको र उचित तरिकाले व्यापार गरेको चाहनुहुन्छ। राजाहरूले दुष्ट्याइँलाई सहन सक्दैनन् किनभने उचित न्यायले सरकार स्थिर रहँदछ। राजाले साँचो कुरा सुन्न चाहन्छन् र सत्य बोल्नेलाई उनले रुचाउँछन्। बुद्धिमान् मानिसले राजालाई खुसी राख्ने चेष्टा गर्छ। राजा रिसाउनाले कसैको ज्यान जान सक्छ। राजाको कृपा-दृष्टि बसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो; त्यसले जीवन दिँदछ। सुन र चाँदी कमाउनुभन्दा ज्ञान र बुद्धि प्राप्त गर्नु धेरै असल हो। सोझा मानिसहरू कुबाटोतिर जाँदैनन्, कतातिर जाँदछौ, होशियार गर्यौ भने आफ्नो प्राण जोगाउँछौ।
हितोपदेश 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 16:8-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू