YouVersion लोगो
खोज आइकन

हितोपदेश 16:1-7

हितोपदेश 16:1-7 सरल नेपाली

हामीले आफ्‍ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्‍वरको हो। आफूले गरेको हरेक काम ठीक छ भनी तिमीले सोचौला तर परमप्रभुले तिम्रो उद्देश्‍य जाँच्‍नुहुन्‍छ। आफूले गर्ने काम परमप्रभुलाई सुम्‍पिदेऊ र तिम्रा योजनाहरू सफल हुनेछन्। परमप्रभुले आफ्‍नो उद्देश्‍यअनुसार सबै कुरा प्रयोग गर्नुहुन्‍छ, दुष्‍टतालाई पनि आफ्‍नो उद्देश्‍यअनुसार नाश गर्नुहुन्‍छ। अहङ्कारीलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दण्‍डबाट उम्‍कन दिनुहुन्‍न। विश्‍वासयोग्‍य र भक्त बन र परमेश्‍वरले तिम्रा पाप क्षमा गर्नुहुन्‍छ। परमप्रभुको आज्ञापालन गर र तिम्रो केही खराबी हुँदैन। परमप्रभुलाई प्रसन्‍न तुल्‍यायौ भने तिम्रा शत्रुहरू तिम्रा मित्रहरू बन्‍नेछन्।

हितोपदेश 16 पढ्नुहोस्