अब ती पर्खिरहने बिरामीहरूमध्ये एक जना अड्तीस वर्षसम्म बिरामी भएको मानिस पनि थियो। येशूले उसलाई त्यहीँ नै लडिरहेको देख्नुभयो। ऊ धेरै वर्षदेखि बिरामी भएको थाहा पाएर येशूले उसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” त्यस बिरामीले भन्यो, “हजुर, पानीमा लहरी चल्ने बेलामा मलाई पोखरीमा लगेर हालिदिने मेरो कोही मानिस छैन। म जान खोज्दाखोज्दै अर्कोले उछिनिहाल्छ।” तब येशूले भन्नुभयो, “उठ र आफ्नो ओछ्यान बोकेर हिँड।” त्यति नै खेर त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्यो। तर त्यो दिन पवित्र विश्रामको दिन थियो।
यूहन्ना 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू