शुभ खबर लिएर, शान्तिको खबर लिएर, पर्वतहरू पार गरेर आउँदैगरेका सन्देशवाहक देख्न पाउनु कति आनन्दको कुरा हो! त्यसले मुक्तिको घोषणा गर्दछ र सियोनलाई भन्दछ, “तेरा परमेश्वर राजा हुनुहुन्छ!” सहरमा पहरादारी गर्नेहरू चिच्च्याइरहेका छन्, रमाहटसाथ एक भई कराइरहेका छन्! तिनीहरूले आफ्ना आँखाले सियोनका परमप्रभु फर्किआएको देख्नेछन्! हे यरूशलेमको ध्वस्त भएको जमिन, आनन्दले सोर उचाल्! परमप्रभुले आफ्नो सहरलाई छुटकारा दिनुहुनेछ र आफ्ना प्रजालाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले आफ्नो पवित्र शक्ति प्रयोग गर्नुहुनेछ, उहाँले आफ्ना प्रजालाई बचाउनुहुनेछ र त्यो सारा संसारले देख्नेछ। मन्दिरका सर-सामान बोक्नेहरू हो, तिमीहरू बेबिलोनबाट पक्कै बिदा होओ! मनाइ गरिएका थोक नछोओ, आफैंलाई पवित्र राख र बिदा होओ। यसपालि तिमीहरू हतार-हतार बिदा हुनुपर्नेछैन, तिमीहरूले भाग्ने कोसिस गर्नुपर्नेछैन। परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ र तिमीहरूलाई चारैतिरबाट रक्षा गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “मेरो सेवक, आफ्नो काममा सफल हुनेछ, त्यो उच्च पारिनेछ, त्यसको ठूलो आदर हुनेछ। धेरै मानिसहरू त्यसलाई देख्दा विचलित भएका थिए, त्यो यस्तो बेरूप भएको थियो कि मानिसजस्तो देखिंदैनथ्यो। तर अब धेरै जातिहरू त्यसलाई देखेर छक्कपर्नेछन्, राजाहरू आश्चर्य मानी बोल्न सक्नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्यै नजानेको कुरा भएछ भनी बुझ्नेछन्।”
यशैया 52 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 52:7-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू