YouVersion लोगो
खोज आइकन

यशैया 30:20-26

यशैया 30:20-26 सरल नेपाली

परमप्रभुले तिमीहरूलाई सङ्कष्‍टको समयमा जान लगाए पनि उहाँ आफैं तिमीहरूलाई शिक्षा दिन तिमीहरूका साथ रहनुहुनेछ र तिमीहरूले अझै उहाँको खोजी गर्नुपर्दैन। तिमीहरूले दायाँ वा बायाँ बाटो बिरायौ भने पछिल्‍तिरबाट उहाँको सोर सुन्‍नेछौ, “बाटो यही हो। यसैमा हिँड्।” तिमीहरूले आफ्‍ना सुन र चाँदीले मोहोरेका मूर्तिहरू निकालेर कसिङ्गरझैँ यसो भन्‍दै फ्‍याँक्‍नेछौ, “मेरो दृष्‍टिबाट टाढा हो।” जहिले-जहिले तिमीहरू बिउ छरौला, ती उमार्नलाई परमप्रभुले झरी पठाइदिनुहुनेछ, भूमिले प्रशस्‍त अन्‍नबाली दिनेछ। अनि तिमीहरूका पाल्‍तु पशुले प्रशस्‍त चरन पाउनेछन्। तिम्रा बारी जोत्‍ने गोरु र गधाहरूले सबैभन्दा उत्तम घाँस र दाना खानेछन्। तिम्रा शत्रुहरूका किल्‍लाहरू कब्‍जा गरेको, तिनका मानिसहरू संहार भएको दिन, हरेक डाँडा र पर्वतबाट खोलाका पानी बगिआउँनेछन्। जूनचाहिँ घाम जत्तिकै चम्‍किलो हुनेछ र घाम सधैँभन्दा सात गुणा चम्‍किलो, सात दिनको उज्‍यालो एकै दिनमा चम्‍केझैँ हुनेछ। परमप्रभुले आफ्‍ना मानिसहरूलाई लगाउनुभएको चोटमा पट्टी बाँधेर जाती पार्नुभएको दिन यी कुरा पूरा हुनेछन्।

यशैया 30 पढ्नुहोस्