YouVersion लोगो
खोज आइकन

यशैया 29:13-16

यशैया 29:13-16 सरल नेपाली

परमप्रभुले भन्‍नुभयो, “यी मानिसहरूले मलाई पुज्‍नेछन् भनी दाबी गर्छन् तर तिनीहरूका बोलीको केही अर्थ लाग्‍दैन किनभने तिनीहरूको मन मदेखि टाढा छ। तिनीहरूको धर्म तिनीहरूले कण्‍ठै गरेका मानिसका नियमहरू र परम्‍पराहरू मात्र हुन्, अरू केही होइनन्। यसकारण म तिमीहरूलाई एकपछि अर्को गरेर झस्‍काउनेछु। जो बुद्धिमान् छन्, तिनीहरू मूर्ख बन्‍नेछन् र तिनीहरूको बठ्याइँ सबै व्‍यर्थ हुनेछ।” ज-जसले आफ्‍ना युक्तिहरू परमप्रभुबाट लुकाउँछन्, तिनीहरूको विनाश हुनेछ। तिनीहरूले गुप्‍तमा आफ्‍ना युक्ति रच्‍दछन् र कसैले हामीलाई देख्‍दैनन् र हाम्रा काम थाहा पाउँदैनन् भन्‍ठान्‍छन्। तिनीहरूले हरेक कुरा उल्‍टा-पुल्‍टा पार्दछन्। कुमाले र माटोमा कुनचाहिँ ठूलो हो? के मानिसले बनाएको कुराले उसलाई “तिमीले मलाई बनाएको होइन” भनी भन्‍न सक्‍छ? अथवा बनाएका चीजले त्‍यो बनाउनेलाई “तिमी के गर्दछौ आफैं जान्‍दैनौ” भन्‍दछ?

यशैया 29 पढ्नुहोस्